Santosh Gautam Nepali

18 Flips | 1 Magazine | 3 Followers | @santoshgautam1 | Keep up with Santosh Gautam Nepali on Flipboard, a place to see the stories, photos, and updates that matter to you. Flipboard creates a personalized magazine full of everything, from world news to life’s great moments. Download Flipboard for free and search for “Santosh Gautam Nepali”

हङकङ चीनलाई फर्काउन ब्रिटेन बाध्य भयो तर सुगौली सन्धिमा गुमेका दार्जीलिङ, कुमाउँ र गढवाल किन फर्काइएका छैनन ? यो प्रश्न नउठी छाड्दैन र तबसम्म उठिरहनेछ जबसम्म यी प्रदेशहरू नेपालका अधीनमा आउने छैनन् । तर नेपालका नेता तथा सरकार इण्डियाफोबियाबाट मुक्त नभएसम्म यसो हुनु सजिलो हुनेछैन ।हङकङ फर्काइएको कुरा साधारण र सामान्य होइन तर नेपाल सरकार र नेपालका राजनीतिज्ञ एवम् बुद्धिजीविहरू यस प्रसङ्गबाट बिलकूलै अप्रभावित रहनुचाहिँ विस्मयकारी घटना हो । ब्रिटेनले चीनलाई हङकङ फर्काएको कारण पनि उनीहरूलाई थाहा नभएको होइन तर हङकङ फर्काइयो भने सुगौली सन्धिमा गुमेको नेपाली भूभाग किन फर्काइँदैन त ? भन्ने प्रश्न गर्दा उनीहरू यसको जवाफ दिन तयार देखिँदैनन् । केही टिप्पणीकारहरू हङकङ फिर्ता हुने कारण चीनको सामरिक शक्ति हो भन्छन् भने कोही चाहिँ हङकङ चीनसँग भाडामा लिएको भूभाग भएको हुँदा चीनलाई फर्काउनु परेको भन्छन् । यदि चीनको सामरिक शक्तिकै कारण हङकङ फर्काइएको हो भने भारतको सामरिक शक्तिका अगाडि नेपाल पनि कमजोर छैन । भारतको स्थलसेनाको सर्वश्रेष्ठ गण नै गोर्खा राइफल्स हो र भारतीय गोर्खा सेनाले नेपाल विरुद्ध कदापि हतियार उठाउने छैन र भारतको अन्य सेनाले नेपालको सेनालाई जित्न मुस्किल मात्र होइन असम्भव नै छ । गोर्खा सेनाको अनुपस्थितिमा भारत एक मिनेट पनि बाँच्न सक्दैन भन्ने भनाई अतिशयोक्ति होइन र यो भनाइृ पनि भारतीय नेतृत्वकै हो । त्यसकारण नेपालले दार्जिलिङ, कुमाउँ र गढवालका विषयमा भारतसँग निर्कक्क भएर कुराकानी गर्न सक्छ । त्यस्तै सुगौलीमा गुमेको भूभाग पनि भाडामा लिएसरह नै हो भन्ने कुरा सुगौली सन्धिको चौँथो धाराले पुष्टि गर्छ । त्यसमा भनिएको छ – “नेपाल राज्यका प्रमुख र भारदारहरूको क्षतिपूर्तिका लागि ज–जसको स्वार्थमाथि माथि उल्लिखित अभिधाराले हानि पु¥याएको छ, ब्रिटिश सरकार ती प्रमुखलाई जम्माजम्मी सालाना दुई लाख रूपैँया पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालको राजानको तबबिजअनुसार समानुपातमा बाँडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धि पेन्सनवालालाई दिइनेछ ।”सुगौली सन्धिपछि खुम्चिएको नोल पुनः सुगौलीपूर्वको स्थितिमा जान सक्दैन भन्नु राष्ट्रवाद विरूद्धको कुरा हो र सन्धिको प्रकृतिलाई नबुझिकन बोल्नु हो, नेपाल आमाको छातीमा लात हान्नु हो र नेपालको सिदा खाएर भारतको गाथा गाउनु हो । नेपाललाई पूर्णरुपमा हराउन सकेको भए वा सुगौली सन्धिपूर्व भएको नेपाल–अङ्ग्रेज लडाइँमा अङ्ग्रेजले जितेको नेपाली भूभाग फिर्ता हुनुपर्छ भन्ने चेतना आम नेपालीमा विकसित हुन सकेमा भारतले ती भूभाग अधीनस्थ गरिरहन सक्दैन तर यदि हामी नेपालको हितभन्दा भारतको चाकडी गर्न खोज्छौँ भने हामीले एकदिन लेन्डुप दोर्जेको नियति भोग्नुपर्नेछ । त्यसैले हङकङ फिर्ता गर्नेसम्बन्धि सन्धिका आलोकमा हामीले सुगौली सन्धिलाई हेर्ने र सोँच्ने बानीको विकास गर्नुपर्छ । हामीलाई कसैले हराउन सक्दैन भन्ने आत्मविश्वास हुने हो भने वास्तवमै हामीलाई कसैले हराउन सक्दैन ।दार्जीलिङ, कुमाउँ र गढवाल फिर्ता हुनुपर्छ भन्ने मान्यता राख्दा र आवाज उठाउँदा भएको नेपाल पनि गुम्छ, त्यसैले हामी चुपचाप यत्तिमै चित्त बुझाएर बस्नुपर्छ भन्ने सङ्कुचित दुष्टिकोण राख्नेहरूले आफ्नो मतबाट त्यस्तो डर नहटाएसम्म स्वाभिमानपूर्वक बाँच्ने हाम्रो अभिलाषा कदापि पूर्ण हुनेछैन । त्यसैले तमाम नेपालीले आफ्नो जातीय गौरव कायम राख्न पुर्खाले सिकाएको राष्ट्रियताको पाठ सम्झनुपर्छ !

Patichaur.com

This Facebook post is no longer available. It may have been removed or the privacy settings of the post may have changed.

Patichaur.com

एउटा पापीले बम पड्काएर निर्दोष मान्छेको ज्यान लिएको छ। अनि हामी चाहिँ फलाना पार्टीले नि गर्‍या थियो, खुच्चिङ पर्‍यो भन्दै बस्ने? माओवादीले पनि उसको …

I Can Only Imagine (Nepali)

Publishing

Nachaheko Hoina Timilai Song by The Edge Band.flv

The Edge

Modi khola powerhouse @ patichaur

Log In or Sign Up to View

This Facebook post is no longer available. It may have been removed or the privacy settings of the post may have changed.

पातिचौर बजार बाट देखिएको माछापुछ्रे हिमाल को सुन्दर दृश्य share if u like.............(patichaur.com)

PATICHAUR BAAZAR-PARBAT--- like, share and comment www.facebook.com/patichaur please SHARE our page www.facebook.com/patichaur

New Nepali Songs, Movies, Lok Dohori, MP3 Download with Lyrics

Music

महान जन नेता मदन भण्डारी